default_image

9 years ago

April 18, 2017

एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता समिर र भीम सम्मानित

186 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद)-  विश्वकै सबैभन्दा चिसो स्थान नर्थ पोलमा भएको एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता खेलाडी सम्मानित भएका छन् । दुवै पदक विजेता खेलाडीलाई बतासे ट्रेल्सले जनही १०–१० हजार र सम्मान पत्रले मंगलबार सम्मानित गरेको हो ।

खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, बतासे ट्रेल्सका अध्यक्ष सुजन तामाङ र सिन्धुपाल्चोक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शिव देउजाले सम्मानित गरे । सम्मान कार्यक्रमपछि ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले नेपाली खेलाडीको एचिभमेन्ट राष्ट्रको लागि गौरवको विषय रहेको बताउदै सरकारको ध्यानाकर्षणका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत खेलकुद मन्त्रालयमामा पेश गर्ने बताए । यस्तै महासचिव शेर्पाले टोकियो ओलम्पिकका लागि तीनवर्षको अवधिमा योजना बनाएर अघि बढे ओलम्पिकमा नेपालले पनि पदक जित्ने सम्भावना रहेको बताए ।

अप्रिल ९ मा भएको म्याराथनमा भीम बहादुर गुरुङले दोस्रो तथा समिर तामाङले तेस्रो स्थान हात पारेका थिए । भीमले निर्धारित दुरी ४ घण्टा १८ मिनेट र समिर तामाङले ४ घण्टा ३१ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । सम्मानपछि समिर तामाङले सम्मानले अझै हौसला मिल्ने बताए । उपाधि जितिकेपछि नेपाली खेलाडी भन्न पाउदा खुशी लागेको उनले थपे । यस्तै अर्का धावक भीमले सम्मानले ट्रेल रेसमा यति धेरै उपाधि जित्दा सरकारी पक्षको कुनै ध्यान नपुग्दा दुःख लागेको प्रतिक्रिया दिए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.