default_image

8 years ago

August 2, 2017

पोखरा स्पोर्टस अवार्डको तयारी पुरा

205 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोश्रो पोखरा स्पोर्टस अर्वाडको सबै तयारी पुरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले जानकारी दिएको छ । गत वर्ष बाट सुरु भएको पोखरा स्पोर्टस अवार्ड यसपटक शनिबार आयोजना हुँदैछ । पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन । सो अवसरमा अन्य चार विद्यामा उत्कृष्ट घोषणा गर्दै अवार्ड प्रदान गरिनेछ ।

वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ्ग र भलिवलकी अरुणा शाही मनोनयनमा परेका छन् । यसै गरि वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र ह्याण्डवलका विशाल वस्नेत मनोनयनमा छन् ।

भलिवलकी ममता डगौरा, एथलेटिक्सका दर्शना वुढा मगर र सागर नेपाली मनोनयनमा बर्ष उत्कृष्ट उदियमान खेलाडीको मनोनयमा परेका छन् । यसै गरि उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुन वहादुर लामा, भारोत्तोलनका वखतमान श्रेष्ठ र एथलेटिक्सकी इन्द्रा मल्ल मनोनयन छन् । यसै वर्ष वाट थप गरिएको वर्ष उत्कृष्ट संघ वाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिने मंचले जनाएको छ । वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अर्वाड प्रदान गरिने छ ।

मनोनयनमा परेका तिन जना मध्ये प्रत्येक बिधाबाट एक जनाले अवार्ड प्राप्त गर्नेछन् । महिला र पुरुष उत्कृष्टलाई समान २५ हजार र अन्य विधाका लागि समान १० हजार दिइने कास्की अध्यक्ष केशव पाठकले जानकारी दिए । पोखरा स्र्पोट्स अर्वाडलाई लाई दर्जनौ संघ संस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको मंचले जनाएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद, पोखरा लेखनाथ महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती, कास्की जिल्ला खेलकुद विकास समिती, हिम श्री फुड्स प्राली, नेपाल पत्रकार महसंघ कास्की, नेपाल खेलकुद पत्रकार मंच र नेपाल पर्यटन वोर्डले सहयोग गरेका छन ।

त्यस्तै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष सुनिल गुरुङ्ग, रेष्ट्रेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा, डिटिएच रक ड्रिलिङ्ग प्राली काठमाडौ, मिलन गुरुङ्ग पोखरा, पश्चिमाञ्चल होटल संघ पोखरा, भिजन एण्ड भ्यालु काठमाडौ, हिमालयन कम्पुयुटर पोखरा, राजेन्द्र पाहारी पोखरा, एकता वुक्स पव्लिकेशन हाउस काठमाडौ, इश्वरिय भजन मण्डल सच्चाई केन्द्र पोखरा, पृथ्वी राजमार्ग वस सञ्चालक समिती, हेम वहादुर पुन परिवार पोखरा, सहारा क्लव पोखरा, पोखरा इन्जिनियरिङ्ग कलेज, हिमालयन टे«ड युनिप्स, गण्डकी मेडिकल कलेज, हङ्गकङ्ग व्युटी इन्ष्टिच्युट प्राली तथा क्लारा इन्टरनेशनल व्युटी कलेज एण्ड स्पा महेन्द्रपुल पोखरा, परिचय एडर्भटाइजिङ्ग रहेका छन् ।

त्यसै गरि विदेश वाट समेत पोखरा स्र्पोट्स अर्वाडका लागि सहयोग आउने क्रम जारी रहेको मंचले जनाएको छ । विदेश वाट अर्वाडका लागि सहयोग गर्ने संस्थामा सहारा क्लव युके र तमु धी युके रहेका छन भने अन्य समाजसेवीहरु ले समेत सहयोग गर्ने भएका छन । जसमा गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष मुछेत्र गुरुङ्ग, सूर्य गुरुङ्ग (युके), कमल गुरुङ्ग (युके), गणेश गुरुङ्ग (युके), हितकाजी गुरुङ्ग (युके), मञ्जु गुरुङ्ग (युके), मिन गुरुङ्ग सिक्लेसी (युके) रहेका छन भने वेलायत वाट सहयोग आउने क्रम जारी छ । जापानका प्रकाश थापाले अर्वाडका लागि सहयोग गर्ने भएका छन ।

पोखरा स्पोंट्स अर्वाडका लागि सामसुङ्ग मोवाइलको डिलर वल्र्ड वाइड कनेक्शन सामसुङ मोबाईलले खेलाडीको हौसला स्वरुप चार जना उत्कृष्टहरुलाई सामसुङ्ग मोवाइल प्रदान गर्ने भएको छ । पोखरा स्र्पोट्स अर्वाडमा पोखरा इको मिनरल वाटरले सहयोग गर्ने छ भने सहयोगी होटलका रुपमा फ्लाइ इन खहरे पोखराले सहयोग गर्ने छ ।

अर्वाडका लागि दर्जनौ खेलकुद संघ संस्थाहरुले समेत सहयोग गर्ने भएको मंचले जनाएको छ । जसमा नेपाल सेभेन ए साइड फुटवल महासंघ, जिल्ला लन टेनिस संघ कास्की, वुल्स म्यान क्लव, कास्की जिल्ला भलिवल संघ, कास्की जिल्ला व्याडमिन्टन संघ, कास्की जिल्ला सितेरियो कराते संघ, केम्पोकाइ कराते संघ कास्की, क्युकिशिन कराते संघ कास्की, मोया थाई किक वक्सिङ्ग कास्की, वुदोकाई कराते संघ कास्की, पोखरा वाटर सप्लाई प्राली तथा कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगाएतले सहयोग गर्ने भएका छन् ।

पोखरा स्र्पोट्स अर्वाड साउन २१ गते २ वजे पोखरा सभागृहमा हुने भएको छ । कार्यक्रम गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने बताइएको छ । कार्यक्रममा ख्यातीप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकार गायक प्रमोद खरेल, विनोद वानियाको प्रस्तुती रहनेछ । कार्यक्रममा नृत्य प्रस्तुति, बिबोईङ, जुम्बा डान्स, खेलाडीद्वारा ¥याम्प वाक, खेल तथा राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आर्टसका खेलाडीहरुको खेलकुदका प्रस्तुती समेत रहने मंचले जनाएको छ ।

मंचका अध्यक्ष केशव पाठकको अध्यक्षतामा मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहाकार रमेश पौडेल, मंचका सचिव रन्जन अधिकारीले अर्वाडलाई सफल वनाउन सवैले आ–आफ्नो ठाँउ वाट सक्दो सहयोग गर्न आह्वान गरेका थिए । गत वर्ष सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई प्रदान गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.