10 years ago
December 5, 2015
एपीएफ क्लबका यामसाजन सुनारले भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स खेलाडी छनोट प्रतियोगिताको पुरुष २ सय मिटर दौडमा तिलकराम थारुको कीर्तिमान शनिबार बराबर गरेका छन् ।
निर्धारित दूरी २१.५ सेकेन्डमा पूरा गर्दै यामसाजनले २०१३ को फब्रुअरीमा काठमाडौंमा भएको गोल्डेन स्प्रिन्ट मिटमा तिलकरामले बनाएको सोही समयको कीर्तिमान बराबर गरेको एथलेटिक्स मुख्य प्रशिक्षक सुशीलनरसिंह राणाले जनाएका छन् । आर्मीका हिमाल केसी दोश्रो र आनन्ददेव चौधरी तेश्रो भए । सो स्पर्धाको महिलामा नेपाल प्रहरीकी मानमति विष्ट पहिलो भइन् । मानमतिले २५.९ सेकेन्ड समय खर्चिन् । एपीएफकी दिलमाया कार्की दोश्रो र आर्मीकी कृष्णा चौधरी तेश्रो बने ।
पुरुषको १ हजार ५ समय मिटर दौडमा आर्मीका चन्द्रबहादुर दाहालले निर्धारित दूरी ४ मिनेटमा सकाउदै शीर्ष स्थान कब्जा गरे । प्रहरीका करण खड्का दोश्रो र लक्ष्मण थापा तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई ४ मिनेट ४४.९ सेकेन्ड समयसाथ पहिलो भइन् । आर्मीकी सानुमाया कार्की दोश्रो र काठमाडौंकी सन्तोषी श्रेष्ठ तेश्रो भए ।
पुरुष डिस्कस थ्रोमा आर्मीका राजेन्द्र बस्नेत पहिलो भए । उनले ३३.४५ मिटर टाढा फाले । प्रहरीका पुस्कल खड्का दोश्रो तथा आर्मीका कृष्णबहादुर बस्नेत तेश्रो भए । त्यस स्पर्धाको महिलामा आर्मीकी अमृता चौधरी पहिलो भइन् । अमृताले ३६.४७ मिटरको प्रदर्शन गरिन् । प्रहरीका हिरण चौधरी दोश्रो र जितकुमारी महतो तेश्रो भए ।
पुरुष ट्रिपलजम्पमा प्रहरीका चन्द्रदेव जोशी शीर्ष स्थानमा रहे । उनले १४.०१ मिटर हामफाले । लङजम्पमा अघिल्लो दिन शुक्रबार कीर्तिमान बनाउदै चर्चामा आएका धनुषाका पुष्पेन्द्रकुमार गोइत (१३.६० मिटर) ले दोश्रो स्थानमा चित्त बुझाए भने आर्मीका भविन्द्र गिरी तेश्रो भए । सो स्पर्धाको महिलामा कीर्तिमानधारी प्रहरीकी केशरी चौधरी पहिलो भइन् । केशरीले १२.१९ मिटर छलाङ्ग लगाइन् । एपीएफकी शिला चौधरी दोश्रो र आर्मीकी वर्षा भट्टराई तेश्रो भए ।
पुरुष १० हजार मिटर दौडमा आर्मीका हरिकुमार रिमाल पहिलो भए । निर्धारित दूरी तय गर्न हरिलाई ३१ मिनेट ३९.९ सेकेन्ड समय लाग्यो । एपीएफका गोपीचन्द पार्की दोश्रो तथा आर्मीका लालबहादुर थापा तेश्रो भए । सोको महिलामा आर्मीकी विश्वरुपा बुढा पहिलो भइन् । विश्वरुपाले ३८.३६ सेकेन्ड समय खर्चिन् । आर्मीकै रेसु बस्नेत दोश्रो भइन् ।
पुरुष १ सय १० मिटर हर्डल्स (बाधा दौड) मा आर्मीका विशेष महतो पहिलो भए । उनले १६.२ सेकेन्डको समय निकाले । महिला १ सय मिटर हर्डल्समा एक्ली प्रतिस्पर्धी भएकाले एपीएफकी सविता चौधरी पहिलो भइन् । सविताले १७.५ सेकेन्ड समय लगाइन् ।
मुख्य प्रशिक्षक राणाले जनाए अनुसार सागका लागि समान ११–११ पुरुष/महिला गरी २२ खेलाडी छनोट गरिने छ । २/३ दिनपछि प्राविधिक समितिले छनोट भएका खेलाडीको नाम सार्वजनिक गर्ने राणाले जानकारी गराए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]