10 years ago
December 12, 2015
हरिकुमार रिमाल र विश्वरुपा बुढा तेश्रो खुला रोड रेसमा शनिबार पहिलो भएका छन् । नेपाल आर्मीका दुवै गत संस्करणको पनि विजेता हुन् ।
हरिले निर्धारित दूरी १५ मिनेट ५६ सेकेन्डमा पूरा गरे । छत्रबहादुर दाहाल दोश्रो र कल्याण बानियाा तेश्रो भए । दुवै आर्मीका हुन् ।
प्यारागन पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगितामा विश्वरुपाले निर्धारित दूरी तय गर्न १८ मिनेट १७ सेकेन्ड समय लगाइन् । आर्मीकै सरस्वती भट्टराई दोश्रो र काठमाडौंकी सन्तोषी श्रेष्ठ तेश्रो स्थानमा रहे ।
दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।
विद्यालयतर्फ छात्रमा एपीएफ स्कुलका अजितकुमार यादव पहिलो भए । उनले निर्धारित दूरी १७ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै उपाधि रक्षा गरे । नवोदयका विवेक चेपाङ दोश्रो र सीतापाइला उमाविका खडक बुढा मगर तेश्रो भए । सोही स्पर्धाको छात्रामा सीतापाइलाकी हुमी बुढा मगर पहिलो भइन् । हुमीले २० मिनेट ४९ सेकेन्ड समय खर्चिन् । ग्लेडस्टोनकी सर्मिला क्षेत्री दोश्रो र विजेश्वरी स्कुलकी सुमिता श्रेष्ठ तेश्रो बने । शीर्ष तीन स्थानमा हात पार्नेले क्रमश: १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार थापे ।
प्यारागनमा अध्ययनरत विद्यार्थीका अभिभावक र प्यारागनका शिक्षक सम्मिलित दौडको पुरुषमा मेघा पहारी पहिलो भए । उनले १९ मिनेट ४१ सेकेन्ड समय लगाए । पारस ढकाल दोश्रो र सन्तोष बस्नेत तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको महिलामा ११ औं दक्षिण एसियाली खेलकुद (साग) की रजतधारी अनु अधिकारी पहिलो भइन् । अनुले २५ मिनेट ३ सेकेन्डमा दूरी तय गरिन् । सुमिता राई दोश्रो र करातेकै तारा गुरुङ तेश्रो भए । यो स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले विद्यालयतर्फकै सरह नगद पुरस्कार जिते । प्रतियोगताको कुल पुरस्कार राशी १ लाख ७२ हजार रुपैयाा रहेको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सांसद्द्वय गगन थापा र गीता राणा, प्यारागनका प्रबन्ध निर्देशक साकिर उद्दिन, प्यारागनका भाइस प्रिन्सिपल एवं रेस संयोजक मनोज विक तथा अल्ट्रा धाविक मीरा राईले पुरस्कृत गरे ।
सोही अवसरमा विभिन्न अन्तर्राष्ट्रिय अल्ट्रा दौडमा पदक जित्दै देशको गौरव अभिबृद्धि गरेकोमा मीरालाई नगदसहित सम्मान गरिएको थियो । प्रबन्ध निर्देशक साकिरले मीरालाई ३५ हजार नगदसहित सम्मान पत्र प्रदान गरे ।
दौडमा करिब ३ हजार प्रतिस्पर्धीले सहभागिता जनाएको प्यारागनका खेलकुद शिक्षक एवं १० औं सागका स्वर्ण विजेता कुशल श्रेष्ठले जनाएका छन् । सबै दौडको दूरी ५ किलोमिटर रहेको थियो ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]