default_image

8 years ago

February 24, 2018

पिंकाथन काठमाडौं – कान्छिमायालाई उपाधि

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफकी कान्छिमाया कोजुले पिंकाथन काठमाडौंमा महिला हाफ म्याराथनको उपाधि रक्षा गरेकी छिन् । शनिबार कान्छिले १ घन्टा २० मिनेट २१ सेकेन्डमा दौड पुरा गरेकी छिन् । कान्छिले गत वर्ष उपाधि जित्ने क्रममा हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान (१ घन्टा १८ मिनेट १० सेकेन्ड) बनाइकी थिइन् ।


नेपाल प्रहरीको महारजगन्जस्थित तालिम केन्द्रबाट सुरु भएको दौडमा त्रिभुवन आर्मीकी सरिता बासी दोस्रो र नेपाल पुलिस क्लबकी पुष्पा भण्डारी तेस्रो भइन् । सरिताले १ घन्टा २५ मिनेट ०१ सेकेन्ड र पुष्पाले १ घन्टा २७ मिनेट ०२ सेकेन्डमा दौड पुरा गरिन् ।

सरिताले गत वर्ष १० किलोमिटरमा पहिलो स्थान प्राप्त गरेकी थिइन् । दौड तालिमकेन्द्रबाट सुरु भएर बालुवाटार, गैह्रीधारा, उत्तर ढोका, दरबारमार्ग, शहिद गेट, जमल लाजिम्पाट, पानी पोखरी हुँदै पुनः तालिम केन्द्र पुगेर टुंगिएको थियो । कान्छिले ६०, सरिताले ४० र पुष्पाले २० हजार रुपैयाँ गरिन् ।

एपिएफकी सन्तोषी श्रेष्ठले १० किलोमिटरको उपाधि जित्दा सोही क्लबकी विन्द्रा श्रेष्ठले दास्रो र आर्मीकी रेशु बस्नेतले तेस्रो स्थान प्राप्त गरिन् । सन्तोषीले ३८ मिनेट ४० सेकेन्ड, विन्द्राले ३९ मिनेट ४२ सेकेन्ड र रेशुले ४० मिनेट ४५ सेकेन्डमा दौड पुरा गरिन् । सन्तोषीले ३०, विन्द्राले २० र रेशुले १० हजार हजार रुपैयाँ प्राप्त गरिन् ।

५ किलोमिटर दौडमा दीपा न्यौपाने पहिलो, मनमति विष्ट दोस्रो र अर्पणा चौधरी तेस्रो भइन् । त्यस्तै ३ किलोमिटर दौडमा चन्दना गुरुङ पहिलो, काजल विष्ट दोस्रो र दिलकुमारी छन्त्याल तेस्रो भइन् ।

खेलकुदको माध्यमबाट महिलाको स्तन क्यान्सरविरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यले पिंकाथन आयोजना गरिएको आयोजकले बताएका छन् । नेपालमा दोस्रो पटक भएको पिङकाथन दौड पिंकाथन इन्डियाको फ्रेन्चाइजकोरुपमा नेपालमा भएको हो ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.