default_image

10 years ago

April 30, 2016

एसियाली जुनियर एथलेटिक्स छनोटमा सरस्वती पहिलो

466 views

0 Bookmark

सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताको महिला १ सय मिटर दौडमा सरस्वती चौधरी शनिबार पहिलो भएकी छन् । सरस्वतीले निर्धारित दूरी १२.६ सेकेन्डमा पूरा गरिन् ।

saraswati chaudhary

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सोही स्पर्धाको पुरुषमा आशिष खत्री पहिलो भए ।उनले ११.३ सेकेन्ड समय खर्चे ।

पुरुष ८ सय मिटर दौडमा ओमप्रकाश शाह २ मिनेट ११.२ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहे । उक्त स्पर्धाको महिलामा काजल विष्ट पहिलो भइन् । काजलले २ मिनेट ४५.५ सेकेन्डमा दौड सिध्याइन् ।

भियतनामको होचीमिनमा जुन २ देखि ६ तारिखसम्म हुने प्रतियोगिताको छनोटमा २२ खेलाडीको सहभागिता रहेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । एक खेलाडीले भियतनाम जाने अवसर प्राप्त गर्ने छन् ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.