default_image

6 years ago

November 23, 2019

सागले नपाएको च्याम्पियन

332 views

0 Bookmark

सुबास हुमागाईं, नेपालगन्ज

च्याम्पियन! हरेक खेलाडीले आफ्नो करीअरमा कम्तिमा पनि एक पटक च्याम्पियन बन्ने सपना देखेको हुन्छ । खेल जीवनको सुरुवाती दिनदेखि नै उसको मिहिनेत त्यसै लक्ष्यमा टिकेको हुन्छ । र जब उ पहिलोपटक च्याम्पियन बन्छ, तब उसलाई अर्को पटक च्याम्पियन बनेर आफूलाई सिद्ध पार्ने दबाब हुन्छ ।

हरेक पटकको सफलतासँगै आफूले मात्र नभएर अन्यले पनि अर्को पटक अझै राम्रो गर्ने अपेक्षा गाँस्छन् । अजितकुमार यादव यस्ता च्याम्पियन हुन्, जसले च्याम्पियन भएर पनि आफ्नो देशको लागि घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउन पाएनन्, अर्थात् भनौं सकेनन् ।

सागको बन्द प्रशिक्षणमा रहेको बेलामा उनको शरीरमा हेपाटाइटिस बी को लक्षण देखिएपछि अजितले विश्राम लिनुपर्यो । नेपाली खेलाडीका लागि नतिजामुखी ढंगले हेर्दा सबैभन्दा बढी पदक जित्ने सम्भावना भएको अन्तर्राष्ट्रिय महोत्सव साग नै हो । त्यसो त अजितले गत वर्ष मात्र हङकङमा भएको एसियाली युथ एथलेटिक्स च्याम्पियन्सिपको ३ हजार मिटर दुरीमा स्वर्ण पदक जित्दै इतिहास नै रचिसकेका छन् । घरेलु मैदानमै हुने सागका लागि उनले दीर्घकालीन तयारी गरेका थिए । मुखैमा आएको आहारा खान नपाउँदा अजित विक्षिप्त भए । तर उनलाई विश्वास थियो, उनी एथलेटिक्स फर्कनेछन्, र त्यो पनि छिट्टै ।

डाक्टरको सल्लाह अनुसार उनले प्रशिक्षण छाड्नुको विकल्प थिएन । उनले धेरै ठाउँमा विशेषज्ञहरुसँग सुझाव लिए । निरन्तर परिक्षण पनि गराए । झन्डै २ महिना विश्रामपछि डाक्टरले उनलाई प्रशिक्षणमा फर्कन हरियो झन्डा देखाए । लामो समय विश्राममा रहेका अजित सागका लागि प्रशिक्षणमा फर्कने सम्भावना थिएन । अजित आफैंले पनि राष्ट्रिय टोलीमा फर्कनु उचित नरहेको बताउँछन् ।

‘ म चाहेको भए राष्ट्रिय टोलीमा फर्कने सम्भावना रहन्थ्यो होला । तर मैले त्यहाँ पुगेर आफूसँगै खेल्ने नेपाली धावकलाई पछाडी पारेर केहि हुँदैन । मेरो लक्ष्य नेपाललाई सागमा पदक दिलाउनु हो । मैले लामो विश्रामपछि प्रशिक्षणमा फर्केर पदक जित्न सक्ने प्रदर्शन दिन सक्दिनथें । यदि बलजफत त्यसो गर्ने प्रयास गरेको भए, एउटा साग त खेल्थें होला । त्यसपछि के हुन्थ्यो मलाई थाहा छ । त्यसैले यसपटक सागलाई माया मार्नुको विकल्प मैले रोजिन,’ अजितले भने ।

साग गुमाउनुको पिडा बिर्साउन अजित अब आफ्नो तयारीमा जुटिसकेका छन् । उनले पुनरागमनलाई जोड दिंदै शनिबार भएको धारा नेपालगन्ज म्याराथनमा १० हजार मिटर खुला पुरुष दौड विधामा प्रतिस्पर्धा गरे । निसंकोच रुपमा उनले स्वर्ण पदक पनि जिते । उनले यस दौडमा जित्न भन्दापनि आफ्नो स्तर मापन गर्न सहभागिता जनाएको बताए ।

‘ म यहाँ पदक जित्न आएको थिईन । लामो विश्रामपछि मैले झन्डै दुई महिना प्रशिक्षण गरेको छु । अहिले आफ्नो स्तर कहाँ छ भनेर मापन गर्न मेरो लागि यो राम्रो स्थान बन्यो । सुरुवातदेखि नै मैले पूरा शक्ति संचित नगरी खेलेको थिएँ । अहिले निकै सहज महसुस गरेको छु । शत प्रतिशत ठिक छु त भन्दिन तर मलाई अब मैदानमा पूर्ण रुपमा फर्कन लामो समय लाग्दैन, अजितले भने । उनले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ४० सेकेन्डमा पूरा गरेका थिए । उनले विरामी हुनुअघि यो दुरी ३० मिनेटको हाराहारीमा दौडने गरेको पनि बताए ।

अजित अब पूर्ण रुपमा फिट भएर एसियाली जुनियर च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने तत्पर छन् । यसका लागि उनले मिहिनेत जारी राख्नेछन् तर पदक ल्याउने विषयमा भने उनको फरक धारणा छ । ‘ पदक ल्याउँछु नै भन्न त सकिँदैन । आफ्नो तर्फबाट शत प्रतिशत मिहिनेत गर्ने हो । मैले एसियाली च्याम्पियन्सिपमा पदक जित्छु भनेर कमैले सोचेका थिए होलान् । अब सधैं पदक जित्न सक्छु भन्ने पनि हुँदैन । मिहिनेत जारी राख्ने हो र शत प्रतिशत एफोर्ट लगाउने हो,’ अजितले थपे ।

काठमाडौंमै हुर्के बढेका अजित राजधानीका नै रहेकाले आफू यस स्थानसम्म आउन सहज भएको स्वीकार्छन् । ‘ म काठमाडौंमै हुर्कें । यहाँ धनीराम चौधरी गुरुको प्रशिक्षण पाएर नै यो यात्रा तय‌ गर्न सकें । मलाई अहिले पनि पिनाकल कलेजले उच्च शिक्षा पूरा गर्न छात्रवृत्तिसँगै आवासको व्यवस्था दिएको छ । स्वर्ण जितेपछि केहि संस्थाबाट आर्थिक सहयोग पाइरहेको छु, केहिले वचन दिनुभएको छ । करारमा एपीएफबाट पनि खेलिरहेको छु । यो सब म काठमाडौंबाहिर भएको भए सम्भव थिएन, ‘ अजितले थपे ।

‘ मैले भन्न खोजेको यो हो कि नेपालमा अवसरको कमी छ । उपत्यका बाहिर निकै प्रतिभावान खेलाडी छन् जसले खेलमा लाग्ने वातावरण पाएका छैनन् । ति प्रतिभालाई खोज्न अब सम्बन्धित निकाय लाग्न जरुरी छ,’ युवा अजितले सुनाए । उनले नेपालभर प्रतिभाको खोजि गर्दै अवसर दिने हो भने उनीभन्दा राम्रा खेलाडी उत्पादन हुनेमा दुइमत नरहेको समेत बताए । यसका लागि प्रशिक्षकहरु, संघ र खेलसम्बन्धित संस्थाहरु चलायमान हुनुपर्ने उनको जिकिर छ ।

अजितले घरेलु मैदानमा साग गुमाउनुको पिडालाई अब थप मिहिनेत गरेर सफलता प्राप्तिमा केन्द्रीत हुनतर्फ लाग्ने बताए । ‘ मेरो लागि स्वास्थ्य नै ठूलो कुरा हो । अहिले जसोतसो खेलेर म भविष्य जोखिममा पार्ने पक्षमा छैन । म भर्खर सुरुवाती समयमा छु, मेरो करीअर अझै लामो छ । साग त फेरीपनि आउला तर स्वास्थ्य आउन्न । त्यसैले अहिले विश्राम लिँदा केहि दुख लागेपनि आफ्नै लागि हो भन्ने बुझेको छु ।

अजित नेपालगन्ज म्याराथनमा आफ्नो शरीरको सफल परिक्षण सकेर राजधानी फर्कने छन् । अन्य खेलाडी ट्रयाकमा व्यस्त रहँदा अजित दर्शकदिर्घामा रहनेछन् । दौडको बेलामा उनलाई आफैं कुदौंझै पक्कै लाग्ला तर उनले बुझेका छन् कि उनको करीअर लामो छ । भर्खर १८ वसन्त पार गरेका अजितले नेपाली एथ्लेटिक्सलाई धेरै योगदान दिने क्षमता राख्दछन् । उनको शारिरिक क्षमतासँगै आत्मविश्वास र मानसिक दृढताले उनको खेललाई आउने दिनमा थप मदत पुग्नेछ । मात्र उनले आफूलाई सिद्ध पार्ने अवसर पाउनुपर्छ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.