default_image

9 years ago

August 5, 2016

रियो एथलेटिक्स टोलीको बिदाइ

222 views

0 Bookmark

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले शुक्रबार बिदाइ गरेको छ ।

Nepal's Athletic Team for Rio Olympic departs
एथलेटिक्समा पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल तथा महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा पुष्पराज ओझा रहेका छन् । बिदाइका अवसरमा टोलीलाई ट्रयाकसुट प्रदान गरिएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव गंगाबहादुर थापा, एथलेटिक्स संघका महासचिव सुनील राजवंशी, सचिव आरके विष्ट, सदस्य सन्तोष श्रेष्ठ, ट्रयाकसुट प्रायोजक राम बोसलगायतले दशरथ रंगशालामा बिदाइ गरे । टोली आइतबार रियो प्रस्थान गर्दैछ ।

एथलेटिक्स अगष्ट १२ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.