9 years ago
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने व्हील चेयर क्रिकेट र बास्केटबल प्रतियोगितामा भाग लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

भारत जाने खेलाडी हिमाल अर्याल, भरत कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिंह चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ छन् । त्यस्तै राजु गुरुङ, डम्बर मगर, दानबहादुर थिङ, दण्ड बुढाथोकी, विष्णु श्रेष्ठ, रामकाजी मिजार र नारायण दवाडी टोलीमा छन् । नेपाल पारा ओलम्पिक कमिटीका सचिव छुल्टिङ शेर्पा टोलीको अफिसियलमा छन् । तीनै खेलाडीले क्रिकेट र बास्केटबल दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् ।
बास्केटबल नोभेम्बर २८ देखि डिसेम्बर १ आग्रामा र क्रिकेट डिसेम्बर ३ देखि ५ तारिखसम्म दिल्लीमा हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालाले शुक्रबार बिदाइ गरे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]