default_image

9 years ago

December 13, 2016

जुनियर ब्वाइज बास्केटबलको क्वाटरफाइनलमा लालीगुराँस

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ दोश्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लालीगुराँस ‘ए’ ले राइजिङ स्टारलाई १४–८ ले पराजित गर्दै क्वाटरफाइनल पुग्ने पहिलो टोली बन्यो । लगातार तीन खेल जितेको लालीगुराँस ‘ए’ समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनल पुगेको हो । लालीगुराँस ‘ए’ को जितमा विराज तामाङले ८ अंक योगदान गरे ।

अन्य लिग खेलमा पिपुल्स एकेडेमी, पुष्पकुञ्ज, नेरिक एकेडेमी, एन्जल्स हर्ट र भ्याली पब्लिकले जित आत्मासात् गरे ।

पिपुल्सले हिमालयनलाई २५–१८ ले हरायो । पिपुल्सका विजय घले सानदार प्रदर्शन गर्दै २२ अंक जोडे । एलन गुरुङको १४ अंक सहयोगमा पुष्पकुञ्जले राइजिङ स्टारलाई २०–५ ले पन्छायो । नेरिकले ज्ञान सिन्धुलाई २४–१५ ले निराश पार्यो  । नेरिकका सुजन बस्नेतले ८ स्कोर गरे ।

एन्जल्स हर्टले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई १२–८ ले पाखा लगायो । एन्जल्स हर्टका प्रतीक गौलीले ४ अंक बटुले । आयोजक लालीगुराँस ‘बी’ विरुद्धको खेलमा भ्याली पब्लिक २०–१० ले विजयी भयो । भ्याली पब्लिकका रोहन श्रेष्ठले १० स्कोर गरे ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.