3 years ago
July 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो सूर्योदय एसइइ खुला बास्केबल प्रतियोगितामा कीर्तिपुर क्लब र ग्रान्डी स्पोर्टस सेन्टर विजयी भएका छन् ।
सूर्योदय अवासिय मावि डिल्लीबजार को आयोजना भएको प्रतियोगिताको पुरुषतर्फ प्रतिस्पर्धात्मक फाइनलमा एनपी लायन्सलाई २१–२० ले हराउँदै कीर्तिपुर क्लब च्याम्पियन बनेको हो । आइतबार नै महिलातर्फको प्रतिस्पर्धात्मक फाइनलमा ग्रान्डी स्पोर्टसले आएसए नेपाललाई ७–६ ले पराजित गर्यो । पुरुषतर्फ इन्साइड भिजन र महिलातर्फ एनसिसिएस तेस्रो भएको थियो ।
दुवैतर्फका विजेता टोलीले २० हजार र दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । असार ३१ गते देखि आयोजना भएको प्रतियोगितामा पुरुषमा ३२ र महिलामा १६ टोलीको सहभागिता रहेको सूर्योदयका खेलकुद संयोजक राजेन्द्र कपालीले जानकारी दिए । विजेता, उपविजेता टोलीका खेलाडीलाई रोविन खत्री र सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले पुरस्कृत गरे ।

June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]