9 years ago
December 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – टिआइए अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको १२ औं संस्करण शुक्रबार सुरु हुँदा अलग अलग विधामा ३४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । हात्तिगौंडा बाँसबारीस्थित ठुङरम इन्टरनेशनल एकेडेमी (टिआइए) को आयोजनामा एकेडेमीकै कोर्टमा सिनियर ब्वाइज, गल्र्स र स्टाफ विधामा प्रतिस्पर्धा हुने टीआइएका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा सिनियर गल्र्समा १६ विद्यालयको सहभागिता रहनेछ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । ब्वाइजतर्फ सहभागी १२ टोलीलाई पनि ४ समूहमा विभाजन गरिएको बताइएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । स्टाफतर्फ सहभागी ६ टिमलाई २ समूहमा विभाजन गरिएको छ । राष्ट्रिय रेफ्रीले गर्ने प्रतियोगितामा झन्डै २ लाख रुपैयाँ खर्च हुने टिआइएकी प्रिन्सिपल नीरा प्रधानले जानकारी दिइन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]