3 years ago
September 28, 2022
काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपमा नेपाल फेरि पनि उपविजेतामा सिमित भएको छ । माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जित्दै उपाधि जित्ने सम्भावनालाई जीवित राखेको थियो ।

तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा बुधबार माल्दिभ्सलाई ७२-५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्दा नेपाल दोस्रो स्थानमा सिमित रहेन पुग्यो । सन् २०१६ मा नेपालमा भएको साबाको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो, माल्दिभ्स तेस्रो, भुटान चौथो र बंगलादेश पाँचौं बनेको थियो । यसपटक बंगलादेशको सहभागिता रहेन । यसपटक तेस्रो र चौथो स्थानको टुंगो भोली बिहीबार माल्दिभ्स र भुटानबीचको खेलपछि लाग्नेछ ।
माल्दिभ्सको मालेमा बुधबार नेपालले तुलनात्मक रुपमा कमजोर भुटानमाथि ६५–२६ को सहज जित हात पारेको हो । यसअघि नेपालले मंगलबार श्रीलंकालाई ५५–४९ ले हराएको थियो । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]