default_image

3 years ago

September 30, 2022

रजत पदक विजेता बास्केटबल टोली भोली स्वदेश आइपुग्ने

396 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार राती स्वदेश आइपुग्ने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो ।

तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निस्केको थियो । विभिन्न कठिनाईका वावजुद टोलीको प्रदर्शनबाट आफूहरु सन्तुष्ट रहेको कप्तान सदिना श्रेष्ठले बताइन्।

‘हामीले यो पटक यसअघि भन्दा निकै कठिनाईका साथ अभ्यास गरेका थियौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल खेल्नुअघि आफै सफा गरेर खेल्नु पर्ने अवस्था थियो,’ उनले भनिन्, ‘हामीले हरेक दिन केहि न केहि बाधाको सामना गर्नुपर्यो । त्यो अनुभव सुखद छैन । कहिले कुन खेल कहिले कुन खेलको तयारीले सबैलाई बाधा थियो । प्राथमिकताका आधारमा तयारी गर्ने व्यवस्था पनि थिएन । त्यसका वावजुद लामो यात्रा र छोटो तयारीमा पनि यो प्रदर्शनबाट हामी खुसी छौं ।’

सदिनाले माल्दिभ्सविरुद्ध अन्तिम एक मिनेटका कारण स्वर्ण पदकबाट बञ्चित हुनुपरेकोमा भने दुःख व्यक्त गरिन् । ‘यात्रा लामो भयो । यहाँ आएपछि पनि आराम गर्ने समय नै भएन । च्याम्पियनसिपको तयारीमा जुट्नु थियो,’ उनले भनिन्, ‘माल्दिभ्ससँगको खेल एकदमै प्रतिस्पर्धात्मक भयो। अन्तिम एक मिनेट सम्हालिन सकेनौं । अलि आत्तिए जस्तो पनि भयो ।’

नेपाल महिला साबा च्याम्पियनसिपमा भविष्यमा च्याम्पियन बन्ने सम्भावना रहेको सदिना बताउँछिन् । ‘हामी, श्रीलंका र माल्दिभ्सको स्तर लगभग समान छ । हामी जित्न सक्छौं तर त्यसका लागि तयारीमा बढी जोड दिन पर्छ,] उनले थपिन्, ‘यति सबै बाधाका बीच पनि हामी टप फाइट दिन सक्छौं भने जित्न नसक्ने भन्ने छैन ।’

माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५–४९ ले र भुटानलाई ६५–२६ ले हराएको थियो ।
सन् २०१६ मा नेपालमा भएको साबाको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो, माल्दिभ्स तेस्रो, भुटान चौथो र बंगलादेश पाँचौं बनेको थियो । यसपटक बंगलादेशको सहभागिता रहेन । यसपटक पनि माल्दिभ्स तेस्रो र भुटान चौथो भएका छन् ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.