9 years ago
December 24, 2016
पोखरा (हाम्रो खेलकुद) – दसौं हिसान कास्की स्पोर्टस मिट–२०७३ अन्र्तगत शनिबार गल्र्स बास्केटबलमा लिटिल स्टेप, प्रतिभा, पश्चिमाञ्चल र माउन्ट अन्नपूर्ण क्याम्पस विजयी भएका छन् ।

ब्वाइज बास्केटबलमा माउन्ट अन्नपुर्ण क्याम्पस, करुणनिधी, डायमण्ड, पोखरा उमावी, प्रतिभा, सवलाइम, मेरी गोल्ड, लिटिल स्टेप, मल्टि मोडल, माउन्ट अन्नपुर्ण उमावी, पश्चिमाञ्चल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट हुँदै दोश्रो चरणमा पुगेको हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले बताए ।
ब्वाइज भलिबलमा पोखरा उच्च मावी, स्पाइरल, माउन्ट अन्नपुर्ण क्याम्पस, हिल पोइन्ट, मदरल्याण्ड, पोखरा मल्टिमोडल, माउन्ट अन्नपुर्ण उमावी, प्रतिभा, र मेरी गोल्ड विजयी भए ।
उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगिताको गल्र्स भलिबलमा स्पाइरल ग्यालेक्सी, डायमण्ड, न्यु ग्यालेक्सी र माउन्ट अन्नपुर्ण उमावी विजयी भएको भलिवल प्रतियोगिताका संयोजक दिवाकर जैशीले बताए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]