9 years ago
December 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार भ्याली पब्लिकले दोहोरो सफलता हासिल गरेको छ । ब्वाइजतर्फ चान्दबागलाई ३३–२७ ले हराएको भ्याली पब्लिकले गल्र्समा इडन ब्रिजलाई २७–१६ ले हराएको छ । भ्याली पब्लिकको जितमा ब्वाइजतर्फ विनोद नेपालीले १२ र गल्र्समा रोशनी श्रेष्ठले १४ स्कोर गरिन् ।

ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा जारी १२ औं टिआइए बास्केबलमा आइतबार ब्वाइजतर्फका अन्य खेलमा ग्रिनल्यान्ड, स्काईलार्क र न्यू भिजन विजयी भए । ग्रिनल्यान्डले एन्जल हार्टलाई २४–१८ ले तथा सुनिल मगरको १८ स्कोरको मद्दतमा स्काईलार्कले बसुन्धरा नेसनल स्कुलाई ४८–२२ ले पराजित गर्यो ।
न्यू भिजनले एलआइआईलाई १७ –८ ले हरायो । न्यू भिजनका अरिशाले १० स्कोर गरिन् । गल्र्सतर्फको खेलमा चान्दबागले भद्रकालीलाई २०–८ ले हरायो । चान्दबागका लागि अशिमा पुनले १० स्कोर गरिन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]