9 years ago
December 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ठूङरम इन्टनरनेसनल एकेडेमी (टिआइए) को गल्र्स र ब्वाइज दुवै टोली १२ औं टिआइए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

समूह चरणको अन्तिम खेलमा सोमबार लोयल्टीसँग १८–१७ ले हार्नाका वावजुद टिआइए गल्र्सको अन्तिम आठमा प्रवेश गरेको हो । लोयल्टीका लागि विन्दु लिम्बुले ६ स्कोर गरिन् ।
व्वाइजतर्फ भने भने टिआइएले समूह चरणको अन्तिम खेल जित्यो । अतुल थापाको २४ स्कोरको मद्दतमा टिआइएले स्काई लार्कलाई ५१–३७ ले हरायो । ब्वाइजतर्फका अन्य खेलमा आशिष श्रेष्ठको २० स्कोरमा ग्रिनल्यान्डले अमरलाई ४५–१० ले तथा ज्ञान निकेतनले चान्दबागले २७–१८ ले पराजित गर्यो ।
प्रतियोगिताको क्वार्टरफाइनल मंगलबार हुनेछ । गल्र्सतर्फ भ्याली पब्लिक र भद्रकाली, चान्दबाग र इडन ब्रिज, मल्पी र टिआइए तथा बाबा बोर्डिङ र लोयल्टीबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै ब्वाइजतर्फ एचएचसिए र ज्ञान निकेतन, ग्रिनल्यान्ड र स्काई लार्क, भ्याली पब्लिक र बुद्ध एकेडेमी तथा टिआइए र एन्जल हार्टबीच खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]