9 years ago
December 26, 2016
धरान (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा बास्केटबलको महिलातर्फ मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ । धरानमा भएको फाइनलमा राष्ट्रिय टोलीकी कप्तान सदीना श्रेष्ठको नेतृत्वमा रहेको मध्यमाञ्चलले विभागीय टोली आर्मीलाई ४०–२७ ले पराजित ग¥यो । मध्यमाञ्चलको जितमा एलिना गुरुङले १३ स्कोर गरिन् ।

मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ ले सहजै हराँउदै कास्य पदक जितेको छ । पुरुषतर्फ मध्यमाञ्चलले पूर्वाञ्चललाई ६२–५८ र पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई १०६–५४ ले हराउँदै सेमिफाइनल पुगेका छन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]