9 years ago
December 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– भ्याली पब्लिकको गल्र्स र ब्वाइज दुवै टोली १२ औं टिआइए अन्तरविद्यायल बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ब्वाइजको सेमिफाइनलमा आयोजक ठूङरम इन्टरनेसल एकेडेमी (टिआइए) को सामना गर्ने भ्यालि पब्लिकले गल्र्सतर्फ होली भिजनसँग प्रतिस्पर्धा गर्नेछ ।

ब्वाइजतर्फको अर्को सेमिफाइनलमा एचएचसिए र स्काई लार्कबीच प्रतिस्पर्धा हुनेछ । गल्र्सको सेमिफाइनलमा चान्दबाग र बाबाले एकअर्काको सामना गर्नेछन् । मंगलबार भएको हात्तिगौडास्थित टिआइएको कोर्टमा भएको क्वार्टरफाइनलमा होली भिजनले टिआइएलाई २२–१८ ले, चान्दबागले इडन ब्रिजलाई १५–१३ ले र बाबाले लोयल्टीलाई १८ –८ ले हरायो । प्रन्जिता कार्कीको १० स्कोरको मद्दतमा भ्याली पब्लिकले भद्रकालीको चुनौति २७–१५ ले समाप्त पारेको थियो ।
ब्वाइजतर्फ आयोजक टिआइएले एन्जल हार्टबाट वाकओभर पायो भने स्काई लार्कले ग्रिनल्यान्डलाई ४५–४३ को झिनो अन्तरले हरायो । तेन्जिङ राईको १५ स्कोरको मद्दतमा एचएचसिएले ज्ञाननिकेतनलाई ४५–२७ तथा राहुल विकेको १० स्कोरमा भ्याली पब्लिकले बुद्ध एकेडमीलाई २५–१३ ले पराजित गर्यो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]