काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ठूङरम इन्टरनेसनल एकेडेमी (टिआइए) र एचएचसिए १२ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ब्वाइजतर्फ उपाधिका लागि भिड्ने भएका छन् । गल्र्सतर्फको फाइनलमा भ्याली पब्लिक र बाबा बार्डिङबीच प्रतिस्पर्धा हुने भएको छ ।
हात्तिगौडास्थित टिआइएको कोर्टमा बुधबार भएको सेमिफाइनलमा सालिन शेरचनको १६ स्कोरको मद्दतमा टिआइएले भ्याली पब्लिकलाई ४७–४५ ले पराजित गरेको थियो ।
अर्को खेलमा एचएचसिएले स्काई लार्कको चुनौति ५३–४५ ले समाप्त पारेको थियो । एचएलसिएका लागि राजकुमारले १५ स्कोर गरे । गल्र्सतर्फको सेमिफाइनलमा भ्याली पब्लिकले होली भिजनलाई २४–१३ ले र बाबाले चान्दबागलाई १९ –१८ को झिनो अन्तरले हरायो । बाबाका लागि सोनी शेर्पाकाले १२ स्कोर गरिन् ।