default_image

9 years ago

December 28, 2016

आर्मीलाई पुरुष बास्केटबलमा स्वर्ण , मध्यमाञ्चल रजतमा चित्त बुझायो

219 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – मध्यमाञ्चललाई हराउदै सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष बास्केटबलको उपाधि आर्मीले बुधबार जितेको छ । धरानको डिपोट स्कुलमा भएको फाइनलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० ले पराजित गर्‍यो   ।

पहिलो क्वाटरमा २४–१६ को अग्रता लिएको आर्मी दोश्रो क्वाटरमा १९–२२ ले पछि पार्यो  । आर्मीले तेश्रोमा २०–१५ र चौथोमा २०–१७ को अग्रता बनाउदै उपाधि सुनिश्चितगर्‍यो  ।

तेश्रो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ ले हरायो । पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिम सहभागी थिए । यसअघि पाँचदिन सञ्चालन भएको बास्केटबलको महिलातर्फ मध्यमाञ्चल च्याम्पियन बनेको थियो । महिलामा ४ क्षेत्र र आर्मी गरी ५ टिमले भाग लिएका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।श्रो भए । सोही स्पर्धाको महिलामा मध्यमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो तथा पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल तेश्रो स्थानमा रहे ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.