9 years ago
January 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– टिआइए कप अन्तरविद्यालय बास्केटबल च्याम्पियनसिपमा गल्र्सतर्फ भ्यालीपब्लिक र ब्वाइजतर्फ एचएचसिए विजयी भएका छन् । स्टाफतर्फ आयोजक ठूङरम इन्टरनेसनल एकेडेमी (टिआइए) लाई सफलता मिल्यो ।

हात्तिगौडास्थित टिआईएको कोर्टमा आइतबार भएको गल्र्सको फाइनल खेलमा भ्याली पब्लिकले बाबा माथि २७–१८ को जित हासिल गरेको थियो । भ्याली पब्लिककी रोशनी श्रेष्ठले १३ स्कोर गरिन् । रोशनीनै मस्ट भ्यालुएबल प्लेयर चुनिएकी छिन् । ब्वाइज तर्फको फाइनल खेलमा एचएचसीएले टिआईएलाई ४०–३३ ले हरायो । फाइनलमा १४ स्कोर गरेका एचएचसिएका विशाल मस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

त्यसैगरि स्टार्फ तर्फको थ्रि वाइ थ्रि को फाइनल खेलमा आयोजक टिआइएले होलिभिजनलाई १७–१५ ले हराउँदा केदार बुढाथोकीले सर्वाधिक ७ स्कोर गरे । होलिभिजनका मनिष लामा स्टाफ तर्फका मस्ट भ्यालुएबल चुनिए । विजय खेलाडीलाई नेपाल सरकारका सिंचाइ राज्य मन्त्री सुरेन्द्र आचार्य, विद्यालयका कार्यबाहक अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रिन्सिपल नीरा प्रधानलगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरे ।
समापनका अवसरमा कार्यबहाक अध्यक्ष शेर्पाले प्रमुख अतिथि राज्य मन्त्री आचार्यलाई मायाको चिनो प्रदान गरेका थिए । पुस ८ गते देखि शुरु भएको प्रतियोगितामा गल्र्समा १२ टिम र ब्वाइजमा १६ टिम तथा स्टाफ तर्फ १० टिमको सहभागिता थियो ।

June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]