2 years ago
July 5, 2023
काठमाडौं(हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि रजितेका छन् । मनास्लु ब्वाइज तथा बलर्स गल्र्समा च्याम्पियन बने ।

बुधबार घट्टेकुलोस्थित आयोजक सूर्योदय माविको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई १७–१६ को साँघुरोअन्तरले पराजित ग¥यो । उपाधिसंगै मनास्लुले १५ हजार तथा बलर्सले १० हजार नगद पुरस्कार प्राप्त गरे । टाइम आउट तेश्रो भयो ।
गल्र्सको रोमाञ्चक उपाधि भिडन्तमा बलर्सले आईएसए नेपाललाई अत्तिरिक्त समयमा १२–११ ले हरायो । निर्धारित समयको खेल १०–१० को बराबरीमा सकिएकोा थियो । बलर्सले १० हजार तथा आईएसएले ५ हजार नगद पुरस्कार पाए । टिभ्सले तेश्रो स्थानमा चित्त बुझायो ।
ब्वाइज र गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०० प्रतिशत, ५० प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् । सहभागी टिमका प्रत्येक खेलाडीलाई पनि २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
ब्वाइजमा मनास्लुका निरन लामा तथा गल्र्समा बलर्सकी पेम्बा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले १०० प्रतिशत छात्रवृत्ति पाउने छन् ।
विजेतालाई राष्ट्रिय महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ, सूर्योदय एडुकेसन फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, प्यासिफिक हस्पिटालिटी क्युलीनरी एकेडेमी (पीएचसीएए) का प्रबन्ध निर्देशक सुशिल थापालगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा सूर्योदयले सदिनालाई १५ हजार नगदसहित सम्मान गरेको थियो । दुईदिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]