2 years ago
September 19, 2023
ललितपुर (हाम्रो खेलकुद) – तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार रेडियन्ट पब्लिक स्कुल र ज्ञानोदय स्कूल विजयी भएका छन् ।

कीर्तिपुरस्थित आयोजक पुष्पसदनको बास्केटबल कोर्टमा भएको सिनियर ब्वाईजको खेलमा रेडियन्टले मंगल स्कुललाई ४०–१७ ले हरायो । रेडियन्टका रोहितले सर्वाधिक १४ स्कोर गरे । अर्को खेलमा ज्ञानोदयले स्वर्णिम स्कुललाई २७–२३ ले पराजित गर्यो । ज्ञानोदयका रिजनले सर्वाधिक ११ स्कोर गरे ।
सिनियरकै अन्य खेलमा आईएमएस स्कुल, जनसेवा स्कुल, रारा हिल विजयी भएका छन् । आरोनको सर्वाकि १३ स्कोरको मद्दतमा आईएमएसले एभिएम स्कुललाई ४६–२८ ले हरायो । जनसेवाले निसर्ग माविलाई २४–१४ ले हरायो ।
राराहिलले एलआरआई ३८–२७ ले पराजित गर्यो ।जुनियर ब्वाईजतर्फ निसर्ग स्कल राराहिलसँग १६ –६ ले पराजित भयो । जुनियरतर्फ रेडियन्ट पब्लिक र आयोजक पुष्पसदनबीचको खेल वर्षाका कारण स्थगित भएको छ । असोज ८ गतेसम्म चल्ने प्रतियोगितामा २५ विद्यालयको सहभागिता छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]