2 years ago
September 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केबल संघ (नेबा) र राष्ट्रिय बास्केटबल टोलीको प्रायोजक लि निङले संयुक्त रुपमा १९ औं एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली थ्री बाई थ्री महिला टोलीको विदाई गरेको छ ।

सोही अवसरमा लि निङको जुत्ता, जर्सी र अन्य किट्स टोलीकी कप्तान श्रेया खड्का, गरिसा सिलवाल, मिना गुरङ, रिन्चेन मोक्तान तथा प्रशिक्षक विकास शाहीलाई हस्तान्तरण गरिएको थियो । चीनको हान्झाउमा सुरु भएको एसियाडको औपचारिक उद्घाटन शनिबार हुँदैछ ।
थ्री बाई थ्रीको समूह बीमा रहेको नेपालले असोज ८ गते जापानसँग, असोज १० गते काजकिस्तान र असोज १२ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ । तयारी राम्रै रहेको उल्लेख गर्दै प्रशिक्षक शाहीले वरियतामा सुधार आउने गरि प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । टोली शुक्रबार चीन प्रस्थान गर्दैछ ।
कार्यक्रममा नेबाका कार्यवहाक अध्यक्ष भीमसिंह गुरुङ, नेपालका लागि लि निङको आधिकारी विक्रकेट चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, नेबाका महासचिव नरेन्द्र थापा र थ्री बाई थ्रीका प्रमुख शरद विष्टको उपस्थिति थियो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]