2 years ago
September 29, 2023
काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स इन्टरनेसनल कलेज र कीर्तिपुर बास्केबल क्लबबीचको उद्घाटन खेलसँगै आज राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको पहिलो संस्करण सुरु हुँदैछ । उद्घाटन खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हुमा हुनेछ ।

राउन्ड रोविनका आधारमा हुने राष्ट्रिय लिगमा आठ टोलीको सहभागित रहनेछ । टाइम्स, कीर्तिपुरसँगै रोयल स्पोर्टस सेन्टर, गोल्डेनगेट इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब, विशाल मिलन केन्द्र । हाउन्ड्स एकेडेमी र बुढानिलकण्ठ छन् ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको लिग असोज २७ गतेसम्म चल्नेछ ।प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]