default_image

2 years ago

September 30, 2023

एनबिएलमा आर्मी र रोयलको स्पोर्टसको जित

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केबल लिग (एनबिएल) को दोस्रो दिन त्रिभुवन आर्मी क्लब र रोयल स्पोर्टस सेन्टर विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा आर्मीले विशाल मिलन केन्द्रलाई १०२–८७ स्कोरले हराएको थियो । दिनको अर्को खेलमा रोयलले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ८७–७३ ले पराजित गर्यो ।

शुक्रबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा द टाइम्स इन्टरनेसनल कलेजले कीर्तिपुर बास्केबल क्लबलाई ११६–९८ स्कोरले हराएको थियो । राउन्ड रोविनका आधारमा हुने राष्ट्रिय लिगमा आठ टोलीको सहभागिता छ । अन्य सहभागी टोलीमा हाउन्ड्स एकेडेमी र बुढानिलकण्ठ छन् ।

नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको लिग असोज २७ गतेसम्म चल्नेछ ।प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

May 13, 2025

टाइम्सलाई झापा थ्री एक्स थ्री बास्केटबलको उपाधि

हिमाल खरेल, बिर्तामोड झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौंको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरको जित निकाल्दै उपाधि जितेको हो । […]

May 4, 2025

टाइम्सको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत आजको खेलमा टाइम्स बास्केटबल क्लब विजयी भएको छ। टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा ७६-७१ को स्कोरमा पराजित गर्दै विजयी सुरुवात गर्यो । कीर्तिपुरको कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनायो। तर दोस्रो क्वाटरमा टाइम्सलाई १३ स्कोरमा रोक्दै गोल्डेन गेटले २४ स्कोर गर्यो। […]

May 3, 2025

कीर्तिपुर र हाउण्ड्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर र हाउण्ड्स‌ एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेका छन्। कीर्तिपुर कभर्डहलमा शनिवार भएको खेलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४-५९‌ को सहजै हरायो। कीर्तिपुर विरूद्ध सामाखुशीले १२-१० को अग्रता बनाएको थियो। तर दोस्रो क्वाटरमा कीर्तिपुरले कमब्याक गर्यो। २४-१२ को स्कोर जोड्यो। तेस्रो क्वाटरमा सामाखुशीले २९-२५ ले […]

Success

Thank you for your time.