default_image

2 years ago

October 4, 2023

एनबिएलमा आर्मीलाई दोस्रो सफलता

1100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राष्ट्रिय भलिबल लिग (एनएलबी) मा दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा जित र दोस्रोमा हार बेहोरेको आर्मीले बुधबार गोल्डेनगेट इन्टरनेसनल कलेजको १००–९३ ले हराएको छ ।

पहिलो क्वार्टरमा १९–१७ ले पछि रहेको आर्मीले दोस्रो क्वार्टरको समाप्तीमा पुग्दा ४३–४९ को अग्रता बनाएको थियो । तस्रो क्वार्टरको समाप्तीमा पुग्दा आर्मीले ११ (६६–७७) को अग्रता बनाएको थियो । १९ स्कोर गरेका आर्मीका विनोद महर्जन खेलको म्यान अफ दी म्याच घोषित भए ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा बुधबारको पहिलो खेलमा रोयल स्पोर्टस सेन्टर विजयी भएको थियो । रोयलले विशाल मिलन केन्द्रलाई ९७–८२ ले हराएको थियो ।

सुरुवाती दुई क्वार्टरमा ४४–३५ ले पछाडि रहेको रोयलले तेस्रो सेटको समाप्तीमा ५३–६७ मा अग्रता लिदै खेल आफ्नो पक्षमा पारेको थियो । ३० स्कोर गरेका रोयलका आशिष बस्नेत म्यान अफ दी म्याच चुनिए ।

नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.