default_image

2 years ago

October 5, 2023

एनबिएलमा बुढानिलकण्ठको दोस्रो जित

418 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा बिहीबार भएको एक मात्र खेलमा बुढानिलकण्ठ विजयी भएको छ । दोस्रो खेल जित्ने क्रममा बुढानिलकण्ठले हाउन्ड्स एकेडेमीलाई ७६–७३ ले हराएको छ ।

पहिलो क्वार्टर (२२–१९) बाट अग्रता लिएको बुढानिलकण्ठले त्यसलाई खेलको अन्त्यसम्म कायम राखेको थियो । चौथो तथा अन्तिम क्वार्टरमा हाउन्ड्सले २५ स्कोर गरेपनि हार टार्न सकेन ।

अन्तिम क्वार्टरमा बुढानिलकण्ठले १५ स्कोर मात्र गर्न सकेको थियो । दोस्रोे क्वार्टरमा ४०–३१ ले अगाडि रहेको बुढानिलकण्ठले तेस्रो क्वार्टरको अन्त्यमा ६१–४८ को अग्रता कायम राखेको थियो । १२ स्कोर गरेका बुढानिलकण्ठका प्रसिद्ध मगर खेलको म्यान अफ दि म्याच घोषित भए ।

लिगको ३ चरणको खेलको समाप्तीमा शीर्षस्थानाको रोयल स्पोर्टस सेन्टर र दोस्रो स्थानको टाइम्स क्लबको समान ६ अंक छ । तेस्रो स्थानमा रहेको बुढानिलकण्ठ र त्रिभुवन आर्मी क्लबको समान ५ अंक छ ।

गोल्डेनगेट बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबको समान ४ अअंक छ । त्यस्तै विशाल मिलन केन्द्र र हाउन्ड्स एकेडेमीको समान ३ अंक छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.