2 years ago
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल लिग (एनबिएल) का शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धामा टाइम्स इन्टरनेसन कलेज विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा टाइम्सले रोयल स्पोर्टस सेन्ट्रललाई ११७ –६७ ले हरायो । पहिलो क्वार्टरमा २८ –२३ को झिनो अग्रता लिएको टाइम्सले दोस्रोमा अग्रता थप्दै ५९–३२ र तेस्रोको अन्त्यमा ९०–५५ स्कोर गरेको थियो ।
शुक्रबारको खेल अघि दुबै टोलीको समान ६ अंक थियो । जितपछि टाइम्स शीर्षस्थानमा उक्लेको छ । २८ स्कोर गरेका टाइम्सका सदीश प्रधान खेलको म्यान अफ दी म्याच घोषित भए ।
अर्को खेलमा गोल्डेनगेट इन्टरनेसनल कलेजले कीर्तिपुर बास्केबटल क्लबलाई ओभरटाइममा ९७–९३ ले पराजित गर्यो । चौथो तथा अन्तिम क्वार्टरको समाप्तीमा ८४–८४ को बराबरीपछि खेल ओभर टाइममा गएको थियो ।
पहिलो क्वार्टरफाइनलमा गोल्डेन गेटले २३–२२ को अग्रता बबनाएको थियो । गोल्डेन गेटले दोस्रो क्वार्टरमा ५१–३३ र तेस्रोको क्वार्टरको न्त्यमा ६९–५५ को अग्रता कायम गरेको थियो ।
अन्तिम क्वार्टरमा गोल्डेन गेटले १५ स्कोर थप्दा कीर्तिपुरले उच्च प्रदर्शनका साथ २९ स्कोर गर्दै खेललाई बराबरीमा पुर्याएको थियो । २८ स्कोरका साथ कीर्तिपुरका जीवन सुनार म्यान अफ दी म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]