2 years ago
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राष्ट्रिय बास्केटबल लिग (एनबिएल) अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बुढानिलकण्ठ बास्केटबल क्लबलाई सोमबार १०४–७७ ले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लेको हो ।
अन्तिम २ खेल बाँकी रहँदा आर्मीको ९ अंक पुगेको छ । १० अंकसहित टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आर्मीले खेलको सुरुवातबाट अग्रता बनाएको थियो ।
पहिलो क्वार्टरमा २५–२१ को अग्रता लिएको आर्मीले त्यसपछि दोस्रोको समाप्तीमा ५६–३० र तेस्रोको अन्त्यमा ८१–५२ ले अन्तर बढाएको थियो । २५ स्कोर गरेका आर्मीका निश्चिल महर्जनले २५ स्कोर गरे ।
अर्को खेलमा हाउड्स एकेडेमीले विशाल मिलन केन्द्रलाई ९२–७० ले हरायो । पहिलो क्वार्टरमा २१–२४ ले पछि परेको हड्सनले दोस्रो क्वार्टरको समाप्तीमा ३५–३३ को अग्रता बनायो । त्यसलाई निरन्तरता दिने क्रममा तेस्रो क्वार्टरको समाप्तीमा पुग्दा हाउड्सले ६१–४५ को अग्रता कायम गर्यो । १८ स्कोर गरेका हाउड्सका भाग्यान्स गुलाटी म्यान अफ दी म्याच बने ।
समान ६ अंक रहेका हाउड्स छैटौं, गोल्डेनगेट इन्टरनेसनल कलेज सातौं र विशाल मिलन केन्द्र आठौं स्थानमा छ । समान ८ अंक जोडेका कीर्तिपुर बास्केटबल तेस्रो, रोयल स्पोर्टस सेन्टर चौथो र ७ अंकसहित बुढानिलकण्ठ बास्केबल क्लब पाँचौं स्थानमा छ ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान […]