2 years ago
October 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा विजय यात्रालाई जारी राखेको छ । टाइम्सले बुधबार विशाल मिलन केन्द्रलाई ११२–७६ ले हराउँदै एनबिएलमा छैटौं जित दर्ता गरेको छ ।
अन्तिम खेल अघि १२ अंकका साथ टाइम्स शीर्षस्थानमा रहेको छ । टाइम्सलाई पछ्याउँदै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । आर्मीले बुधबार कीर्तिपुर बास्केबल क्लबलाई ११५–११३ ले हरााएको छ । एनबिएलमा पाँचौं जित हासिल गरेको आर्मीको ११ अंक छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेलमा टाइम्सले तेस्रो क्वार्टरपछि खेलमा नियन्त्रण बनाएको थियो । पहिलो क्वार्टरमा १७–२२ ले पछि रहेको टाइम्सले दोस्रो क्वार्टरको समाप्तीमा ४०–४० को बराबरी गर्न सफल भएको थियो । तेस्रो क्वार्टरको अन्त्यमा पुग्दा अग्रता बढाउने क्रममा टाइम्सले ७०–५७ बनाएकोा थियो । २७ स्कोर गरेका टाइम्सका सुरज खड्गी खेलको म्यान अफ दी म्याच चुनिए ।
दोस्रो खेल पनि निकै रोचक रह्यो । पहिलो क्वार्टरको समाप्तीमा आर्मी २९–२३ ले अगाडि थियो । तर दोस्रो क्वार्टरमा पुग्दा कीर्तिपुरले ५८–५० ले अग्रता बनायो । तेस्रो क्वार्टरको अन्त्यमा पनि कीर्तिपुर ८५–८४ ले अगाडि रह्यो ।
अन्तिम क्वार्टरमा आर्मीले खेलमा पुनरागमन गर्यो । कीर्तिपुरले २८ स्कोर गर्यो भने त्यसको विरुद्ध आर्मीले ३१ स्कोर गर्दै नतिजा आफ्नो पक्षमा पार्यो । २७ स्कोर गरेका आर्मीकाा विनोद महर्जन खेलको म्यान अफ दी म्याच घोषित भए ।
एनबिएललमा अब उपाधि दौडममा टाइम्स र आर्मी मात्र छन् । कीर्तिपुर ९ अंकका साथ तेस्रो, रोयल स्पोर्टस सेन्ट्रल ८ अंकसहित चौथो स्थानमा छ । समान ७ अंक रहेको बुढानिलकण्ठ बास्केबल कलब पाँचौं, विशाल मिलन छैटौं स्थानमा छ । त्यस्तै सातौं स्थानमा रहेको हाउड्सन बास्केटबल एकेडेमी र पुछारमा रहेको गोल्डेन गेट इन्टरनेसनल कलबको समान ६ अंक छ ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान […]