2 years ago
December 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा प्रिक्वाटरफाइनल पुग्ने १६ टिमको शुक्रबार टुंगो लागेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा टाइम्स बास्केटबल क्लब, आईएसए नेपाल, गोल्डेन गेट बास्केटबल क्लब, एन्जल्स हार्ट कलेज, ग्रिनफिल्ड कलेज, बूढानीलकण्ठ बास्केटबल क्लब, सीसीआरसी कलेज, कीर्तिपुर बास्केटबल क्लब प्रिक्वार्टरफाइनलमा पुगेको छ ।
अन्तिम १६ मा पुग्ने टोलीमा समृद्धि स्कुल, ट्रिनिटी कलेज, रोयल बास्केटबल एकेडेमी, स्नोल्यान्ड बास्केटबल एकेडेमी, ह्वाइटहाउस कलेज, योद्धा बास्केटबल क्लब, टाइमआउट नेपाल र भ्याली पब्लिक छन् ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा आईएस नेपाल र बूढानीलकण्ठले जित हात पारे । राउन्ड रोविन लिगमा आईएसए नेपालले गोल्डेन गेटलाई ५४–२४ तथा बूढानीलकण्ठले भ्याली पब्लिकलाई ४५–१९ ले पराजित गरे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]