1 year ago
January 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भीमसिंह गुरुङ नेपाल बास्केटबल संघको अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्।
शनिबार सम्पन्न पाँचौं चुनावी साधारण सभाले अध्यक्ष गुरुङसहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजुले उपाध्यक्ष छन्। नरेन्द्र थापाले महासचिवमा निरन्तरता पाएका छन्। फनिन्द्रमान श्रेष्ठ सचिव र विष्णुहरि त्रिपाठीले कोषाध्यक्ष चयन भएका छन्।
पवनकुमार थापा, सरोजा कोइराला (श्रेष्ठ), बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
त्यसअघि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले साधारण सभाको उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको उपस्थिति थियो ।
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान […]