2 years ago
March 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबार सुरु हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ ।
ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ ८ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘ली निङ नेपाल’ आधिकारिक पार्टनर रहेको समेत जानकारी गराइयो ।
प्रतियोगिताको ब्वाइजतर्फको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गर्ल्सतर्फको विजेताले ५० हजार र दोस्रो टोलीले २५ हजार रुपैयाँ पाउनेछन् ।
दुवैतर्फको सर्वोकृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीले २ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् । तर एक पटकमा एक जनालाई मात्र कोर्टमा उतार्न पाइने आयोजकले जनाएको छ ।

नेपाल बस्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालमा राम्रो सम्भावान भएको र आर्थिक रूपमा पनि कम भार पर्ने भएकाले थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता गर्न लागेको बताए ।
‘थ्री वाइ थ्री बास्केटलब नेपालमा राम्रो सम्भावना बोकेको खेल हो, यो प्रतियोगिता आयोजना गर्दा आर्थिक भार पनि केही कम हुने र सबैको पहुँच सम्म पुग्ने भएकाले नै यसलाई प्राथमिकतामा राखेका हौं,’ गुरुङले भने ।
बास्केटबल संघले युवापुस्तामा खेलको ब्राण्डिङको लागि यो पटकबाट ब्राण्ड एम्बास्डरमा नेपाली फिल्मका युवा अभिनेता अनुपबिक्रम शाहीलाई अनुबन्ध गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अनुपले बास्केटबल आफ्नो रूचीको खेल भएको बताए ।
‘सानो उमेरदेखि बास्केटबल मेरो रोजाईको खेल थियो, शाहीले भने ‘नेपालमा यो खेलको विकासको लागि र युवापुस्ताको रोजाईको खेल बनाउन सहकार्यको लागि अग्रसर भएको हुँ’।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]