default_image

1 year ago

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

1364 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो ।

पुरुषतर्फकाके फाइनलमा आर्मीले एपिएफलाई २१–१७ ले पराजित ग¥यो । आर्मी र एपिएफ समूह चरणमा ‘ए’ मा थिए । आर्मी विजेता र एपिएफ उपविजेताका रुपमा सेमिफाइनल पुगेका थिए । समूह चरणमा पनि आर्मीले एपिएफलाई २६–२१ ले हराएको थियो ।

त्यसअघि सेमिफाइनलमा आर्मीले बिआइएलाई ३६–१७ ले र एपिएफले रोमान्चक खेलमा एससिआइएनएनलाई २०–१९ ले हराएको थियो । पुरुषतर्फ एससिआइएनएन तेस्रो बन्यो । एससिआइएनएनले बिआइएलाई १७–१६ हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो ।

महिलातर्फको सेमिफाइनलमा जेडब्लुबिआइएलाई १४–० ले र एससिआइएनएनले विइनलाई १४–४ ले हराएको थियो । बिआईएले विइनलाई ६–० ले हराउँदै महिलातर्फ तेस्रो स्थान प्राप्त गर्यो ।

दुवैतर्फको विजेता टोलीले ५० हजार, दोस्रोले ४० र तेस्रो टोलीले ३० हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ विजेता जेडब्लुएससीकीकी राजनी राई र पुरुषतर्फ विजेता आर्मीका रामबहादुर तामाङ मोस्ट भ्यालुयबल प्लेअर घोषित भए ।

त्यस्तै पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जेडब्लुएससीकी तुलसा मगर हाइएस्ट स्कोरर बने । मस्ट भ्यालुएबल र हाइएस्ट स्कोररले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

June 3, 2025

एचजेबिएलमा टाइम्स र रोयलको जित

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान […]

Success

Thank you for your time.