default_image

9 years ago

February 8, 2017

नेरिक बास्केटबल विहिबारदेखि

197 views

0 Bookmark

काठमाडौं – (हाम्रो खेलकुद) – पाचौँ नेरिक बास्केटबल प्रतियोगिता बिहिबारदेखि हुने भएको छ । बुधवार पत्रकार सम्मेलन मार्फत आयोजक नेरिक इन्टरनेशनल स्कुलका प्रिन्सिपल मन खत्रीले जानकारी गराए ।

nerik-school

फागुन ४ गतेसम्म संचालन हुने प्रतियोगितामा सिनियर ब्वाईज र जुनियर ब्वाईजका समान १२-१२ विद्यालयको सहभागीता रहनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको सिनियरतर्फ समुह एमा नेरिक “ए”सुदेसा,ज्ञान निकेतन,सुमह बीमा काभ्य,बुद्ध एकेडेमी,माउन्ट कैलाश,समुह सीमा एचएचसीए,एसभी एकेडेमी,स्वर्णिम तारा र समुह डीमा ग्रीनफिल्ड,भ्याली पब्लिक,एआइए र नेरिक “बी” रहेका छन् ।

जुनियरतर्फ सुमह एमा लालिगुरास,ओडीसी,नेरिक,सुमह बीमा ग्रीनफिल्ड,पुस्प सदन,ग्रीनल्याण्ड,समुह सीमा ज्ञान निकेतन,पिपुल्स,एन्जल लर्ड तथा समुह डीमा एसइबी,एआए र काठमाडौं जेभियर रहेका छन् ।

दुवैतर्फको विजेताले नगद १० हजार र ट्रफि तथा उपविजेताले पाँच हजार रुपैया र ट्रफि प्राप्त गर्नेछन् भने  तेस्रोले ट्रफि प्राप्त गर्नेछन् । मस्ट भ्यालुएबल प्लेयर ट्रफि र एक हजार नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता संचालनका लागि अनुमानित ३ लाख लागत लाग्ने आयोजकले जनाएको छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.