8 months ago
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।
टाइम्सले शुक्रवार माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले पराजित गर्दै पहिलो जित निकालेको हो।
भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको खेलको पहिलो क्वाटरमा टाइम्स १८ अंकमा रोकियो। ट्रेक्सले २० अंक बनायो। तर दोस्रो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २२–११ को अग्रता बनायो।

तेस्रो क्वाटरमा पनि टाइम्सले खेलमा पकड बनायो। ट्रेक्सलाई ८ अंकमा रोक्दै १६ अंक जोड्यो। तेस्रो क्वाटरको समाप्तिमा टाइम्सले १७ अंकको स्पष्ट अग्रता बनायो।
चौथो क्वाटरमा ट्रेक्सले टाइम्सलाई ११ अंकमा रोक्दै २० अंक जोडे पनि जितको लागि प्रयाप्त भएन्। खेल टाइम्सले ६७-५९ मा आफ्नो पक्षमा पार्यो।
टाइम्सको जितमा श्रेयस बहादुर शाहले ७ रिबाउन्ड र ६ ब्लकसहित १८ स्कोरको योगदान गरे । मनिष केसीले १७ स्कोर गरे।
हिजो भएको खेलमा टाइम्स श्रीलंकाको कोलम्बो बीसीसँग ७१–६६ ले पराजित भएको थियो। दुई खेल खेलेको नेपालले एकमा जित र अर्कोमा हार बेहोरेको छ।

अब नेपालको टाइम्सले आइतवार पाकिस्तानको आइएसबी प्यान्थर्ससँग तेस्रो खेल खेल्नेछ। राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेताको हैसियतमा टाइम्सले साबा सहभागिता जनाएको हो।
चैत १३ गतेसम्म हुने साबा क्लब च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहेको छ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]