8 months ago
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ।
टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो।

भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो।
पहिलोमा ३०-१२, दोस्रोमा १८-१२ , तेस्रोमा २०-१२ ले टाइम्स अगाडि रह्यो। चौथो तथा अन्तिम क्वाटरमा १९-२२ ले पछि परेपछि अघिल्ला ३ क्वाटरको अग्रताले टाइम्सले फराकिलो अन्तरको जित निकाल्यो ।

टाइम्सका कमल थापाले १४, सधिश प्रधानले १३, निश्चल महर्जन र श्रेयश बहादुर शाहले समान १२ र मविन्द्र भण्डारीले ११ स्कोर गरे।
टाइम्सले ४ मध्ये २ मा जित र २ मा हार बेहोर्यो।
पहिलो खेलमा श्रीलंकाको कोलम्बो बिसीसँग ७१–६६ ले पराजित टाइम्सले दोस्रो खेलमा माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले हराएको थियो। तेस्रो खेलमा टाइम्स भारतको तमिलनाडु क्लबसँग पराजित भएको थियो।

साना क्लब च्याम्पियनसिपमा तमिलनाडुले स्वर्ण र कोलम्बोले रजत पदक जितेको छ।
अन्तिम समयमा पाकिस्तानको आइएसबी प्यान्थर्स सहभागी भएन । राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेताको हैसियतमा टाइम्सले साबा सहभागिता जनाएको हो। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]