default_image

7 months ago

May 3, 2025

कीर्तिपुर र हाउण्ड्सको विजयी सुरुवात

1349 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर र हाउण्ड्स‌ एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेका छन्।

कीर्तिपुर कभर्डहलमा शनिवार भएको खेलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४-५९‌ को सहजै हरायो।

कीर्तिपुर विरूद्ध सामाखुशीले १२-१० को अग्रता बनाएको थियो। तर दोस्रो क्वाटरमा कीर्तिपुरले कमब्याक गर्यो। २४-१२ को स्कोर जोड्यो।

तेस्रो क्वाटरमा सामाखुशीले २९-२५ ले अग्रता बनायो। यसपछि चौथो क्वाटरमा कीर्तिपुरले सानदार प्रदर्शन सहित २५ स्कोर जोड्दा सामाखुशील ६ स्कोरमा समेटियो।‌ यो सँगै ८४-५९‌ ले कीर्तिपुर खेल जित्यो।

दोस्रो खेलमा हाउण्ड्सले रोएल्सलाई ८७-७८ ले माथ दियो। हाउण्ड्सले पहिलो क्वाटर २१-१४ ले आफ्नो पक्षमा पार्यो ।

दोस्रो क्वाटर रोएल्सले पुनरागमन गर्दै २६-२२ को स्कोर खडा गर्यो। यसपछि तेस्रो क्वाटर २४-१९ र चौथो क्वाटर २०-१९ को अग्रतामा हाउण्ड्सले ८७-७८ को जित हात पार्यो।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा रहेको बास्केटबल लिगमा ६ टोलीको सहभागिता छ ।

डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने लिगका खेलहरु विकेण्डमा खेलाइनेछ । लिगका खेलहरु हरेक शनिवार, आइतबार, मंगलबार र बुधबार हुनेछन् ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.