1 month ago
May 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा चौथो जित हात पारेको छ ।
कीर्तिपुर कभर्डहलमा बुधवार भएको एक मात्र खेलमा गोल्डेनगेटले रोयल्सलाई ८२-७४ ले पराजित गरेको हो ।
चौथो जितपछि गोल्डेगेटले ५ खेलबाट शीर्ष स्थानको हाउण्ड्स समान ९ अंक जोडेको छ ।
रोयल्सको यो तेस्रो हार हो । ५ खेलबाट ७ अंक जोडेको रोयल्स चौथो स्थानमा छ । गोल्डेनगेटले पहिलो क्वाटरमा २५-१२ को अग्रता लिँदै खेल सुरु गरेको थियो ।
तर दोस्रो क्वाटरमा रोुल्सले पुनरागमन गर्यो । दोस्रो क्वाटर २९-१३ ले आफ्नो पक्षमा पारेपछि रोयल्सले हाफ टाइमसम्म ४१-३८ को अग्रता बनाएको थियो ।
त्यसपछि तेस्रो र चौथो क्वाटरमा गोल्डेनेट खेलमा फर्कियो । गोल्डेनगेटले तेस्रो क्वाटर २७-२१ र चौथो क्वाटर १७-१२ ले आफ्नो पक्षमा पारेको थियो ।
गोल्डेनगेटका लागि निकेश मगरले सर्वाधिक २७ अंक स्कोर गरे । निकेश खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै रोयल्सका लागि विनोद महर्जनले २३ अंक जोडे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]