default_image

2 weeks ago

June 3, 2025

एचजेबिएलमा टाइम्स र रोयलको जित

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ।

एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान १५ अंक छ । गोल्डेनगेट र हाउण्ड्सले अझै दुई खेल खेल्न बाँकी छ ।

टाइम्सले सामुखशीमाथि चारै क्वाटरमा दबाब बनाउँदै अग्रता लियो । टाइम्सले पहिलो क्वाटर २०-१५ र दोस्रो क्वाटर २८-२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८-३९ को अग्रता बनायो ।

तेस्रो क्वाटर पनि टाइम्सले २३-२१ ले आफ्नो पक्षमा पार्‍यो । चौथो क्वाटर २५-१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित निकाल्यो ।

टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अंक स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे ।

टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्नेछ ।

दोस्रो खेलमा रोयलले कीर्तिपुरलाई ९९-९६ ले पराजित गर्‍यो । पहिलो क्वाटरमा कीर्तिपुरले २६-२५ को अग्रता बनायो । तर रोयलले दोस्रो क्वाटरमा पुनरागमन गर्‍यो र २८-२१ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा ५३-४७ को अग्रता बनायो ।

तेस्रो क्वाटर रोयलले २०-१७ ले आफ्नो पक्षमा पार्‍यो । यस्तै चौथो क्वाटरमा कीर्तिपुरले ३२-२६ को अग्रता लिएपनि हार टार्न सकेन । ९६-९६ स्कोर हुँदा रोयलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताए । 

रोयलका सुजन महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोयलका लागि प्रसाङ ध्वज मास्केले ३१ स्कोर गरे । यस्तै कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ स्कोर गरे।

तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोयल कीर्तिपुरलाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ ।
लिगमा बुधबार शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

May 21, 2025

एचजेबिएलमा गोल्डेनगेटको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद)- गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा चौथो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा बुधवार भएको एक मात्र खेलमा गोल्डेनगेटले रोयल्सलाई ८२-७४ ले पराजित गरेको हो ।चौथो जितपछि गोल्डेगेटले ५ खेलबाट शीर्ष स्थानको हाउण्ड्स समान ९ अंक जोडेको छ । रोयल्सको यो तेस्रो हार हो । ५ खेलबाट ७ […]

Success

Thank you for your time.