9 years ago
September 30, 2015
इस्लिङ्टन कलेजले ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपको उपाधि बिहीबार जितेको छ । इस्लिङ्टनले द ब्रिटिस कलेजलाई ६१–५४ ले पराजित गर्यो ।
तेश्रो क्वाटरको समाप्तिसम्म इस्लिङ्टन २ अंकले पछि थियो । चौथो क्वाटरमा इस्लिङ्टनले २२–१३ को प्रदर्शन गर्दै उपाधि सुनिश्चित गर्यो ।
पहिलो क्वाटर ११–११ को बराबरीमा सकियो भने दोश्रोमा इस्लिङ्टन १३–१८ ले पछि परेको थियो । तेश्रोमा इस्लिङ्टनले १५–१२ को अग्रता बनाएको थियो ।
नवौं एलए कप छात्र फुटबलमा काष्ठमण्डपले कसमसलाई सडन डेथमा हराउदै एनइसी ‘ए’ संग फाइनल भेट पक्का गर्यो ।
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]