default_image

9 years ago

May 23, 2017

इंगेज इम्पावर ह्वीलचेयर बास्केटबल लिग शनिबारदेखि

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको इंगेज इम्पावर ह्वील चेयर बास्केटबल लिग यहि साता सुरु हुने भएको छ । आयोजक इंगेज इम्पावरिङले मंगलबार पत्रकार सम्मेलन गर्दै छ हप्ता चल्ने दोस्रो संस्करणको लिग गर्ने जानकारी गराएको हो ।

शनिबारबाट सुरु हुने ह्वील चेयर बास्केटबल लिगमा पुरुषतर्फ ६ र महिलातर्फ ४ टिमको सहभागिता रहेको छ । लिग हरेक शनिबार उपत्यकाका विभिन्न कलेजका कोर्टमा हुने इंगेजका कार्यक्रम संयोजक भरत बिसीले जानकारी गराए ।

प्रतियोगिताको उद्घाटन र समापन नेपाली सेनाको शारीरिक व्यायम केन्द्र लगनखेलमा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ स्पाइनल इन्जुरी रिह्याविटेसन सेन्टर, ह्वीलचेयर स्पोर्टस एसोसिएसन, बोधिसत्व इन एक्सन, नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्टस एसोसिएसन, जावलाखेल ह्वीलचेयर स्पोर्टस सेन्टर र नेपाली आर्मी टिमको सहभागिता रहने बताइएको छ ।

यस्तै महिलातर्फ ह्वीलचेयर स्पोर्टस एसोसिएसन, बोधिसत्व इन एक्सन, नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्टस एसोसिएसन र जावलाखेल ह्वीलचेयर स्पोर्टस सेन्टरको सहभागिता छ । चार क्वार्टरमा हुने खेल आठ मिनेटको हुनेछ भने एक दिनमा करिव ५ खेल हुने इंगेजका निर्देशक कल्पना गुरुङले जानकारी गराईन् । प्रतियोगितालाई टर्किस एयरलयान्सले मुख्य प्रायोजन गरेको छ ।

पुरुषतर्फको विजेताले २० हजार, दोस्रोले १६ हजार र तेस्रो हुने टोलीले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले १६ हजार, दोस्रोले १२ हजार र तेस्रो हुने टिमले ८ हजार प्राप्त गर्नेछन् । यस्तै मोष्ट भ्यालुएवल खेलाडील ५ हजार तथा उत्कृष्ट स्कोररले ३ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.