8 years ago
July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम यु–१८ एञ्जल्स् हार्ट बास्केटबल प्रतियोगिता सोमबारदेखी हुने भएको छ । एञ्जल्स् हार्ट मावी र एञ्जल्स् हार्ट इन्टरनेशनल कलेजको आयोजनामा हुने यु–१८ बास्केटबल महिला र पुरुष दुवै तर्फ हुनेछन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एञ्जल्स् हार्टले प्रतियोगिता बारे जानकारी गराएको छ ।
प्रतियोगिताबाट उमेरसमुहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले यु–१८ बास्केटबल प्रतियोगिता गर्न लागिएको विद्यालयका संस्थापक सहायक प्रधानध्यापक जयन्द्रलाल शर्माले बताए । प्रतियोगितामा पुरुषतर्फ १६ टिमलाई चार समुहमा विभाजन गरि खेलाइने प्रतियोगिता संयोजक विकास शाहीले बताए । प्रत्येक समुहको शिर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।
त्यस्तै महिलामा भने राउन्ड रोबिनको आधारमा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा शिर्ष दुई स्थानमा रहेर लिग चरण पुरा गर्ने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । खेल स्वास्थ्यका लागि ,स्वास्थ्य शिक्षाको लागि र शिक्षा राष्ट्रका लागि भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुषतर्फ नेपालको यु–१६ टोली ए र बीको रुपमा प्रतिस्पर्धा गर्नेछन् । नेपालमै आगामी अगस्टमा हुने यु–१८ दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपको तयारीका लागि युवा टोलीले प्रतियोगिता खेल्न लागेको राष्ट्रिय महिला टिमका प्रशिक्षक समेत रहेका शाहीले बताए ।
यस प्रतियोगिताका लागि कुल तीन लाख पचास हजार अनुमानित लागत लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता असार २६ देखि साउन ६ सम्म हुनेछ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]