8 years ago
August 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा थ्री वाई थ्री राष्ट्रिय स्तरको पुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ । आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिबार र आइतबार दुई दिन राखेप कवर्डहलमा प्रतियोगिता गराउने जानकारी गराएको हो ।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ गरी ७५ भन्दा बढी टिमको सहभागिता रहने छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा धरान, झापा, विराटनगर, काभ्रे र रुपन्देहीबाट समान २–२ टोलीले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ । १२ राष्ट्रिय खेलाडीले १२ टिमको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेता टिमले ४० हजार नगदसहित ट्रफी र मेडल हात पार्नेछ । त्यस्तै, उपविजेताले २० हजार नगद प्राप्त गर्नेछ । त्यस्तै, महिलातर्फका विजेता टिमले ३० हजार र उपविजेताले १५ हजार नगदसहित ट्रफी र मेडल हात पार्नेछन् । यस्तै मोष्ट भ्यालुएवल हुने दुवै विधाका खेलाडीले समान ७–७ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिव ५ लाख खर्च हुने अनुमान गरिएके छ । थ्री बाई थ्री बास्केटबलमा नेपाल अहिले १३३ औं स्थानमा रहेको छ । यसअघि नेपाल १४६ औं स्थानमा थियो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]