default_image

8 years ago

August 31, 2017

शेर्पालाई काम नलगाउनु भन्ने विषयमा सर्वोच्चको कारण देखाउ आदेश

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै पनि काम नलाउनु भन्ने युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) को निर्देशनमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा।

उपाध्यक्ष शेर्पाले युवा तथा खेलकुद मन्त्रालयसहित ३ जनाविरुद्ध दर्ता गरेको रिट निवेदनमा चोलेन्द्र शम्शेर जबराको एकल इजिलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्चको वेभसाइटमा उल्लेख छ ।  शेर्पाविरुद्ध झन्डै तीन बर्ष अघि देखिनै फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा भन्दै राखेपका अध्यक्ष समेत रहेका मन्त्री केसीले भदौं ६ गते ले काम नलगाउन राखेपलाई निर्देशन दिएका थिए ।

एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव समेत रहेका शेर्पा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव र नेपाल बास्केबट संघका अध्यक्ष हुन् । उनी एमालेको सिफारिसमा तीन बर्षअघि राखेप उपाध्यक्षमा मनोनित भएका थिए ।

भन्सार छलेर झण्डै २५ तोला सुन ल्याउँदै गर्दा शेर्पा २०७१ चैत १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । हङकङबाट स्वदेश फर्कदा उनी राति पक्राउ परेका हुन् । शंका लागेर चेकजाँच गर्दा लामाको साथबाट सुन बरामत भएको बताइएको थियो । पछि उनी १३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.