8 years ago
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाका ५ राष्ट्रको सहभागितामा यू १६ सावा पुरुष बास्केटबल च्याम्पियनसिप मंगलबार सुरु हुँदैछ । श्रीलंकाले भने अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघले जानकारी दिएको छ ।

अब प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र भुटानबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुने बताइएको छ । राउन्ड रोविन पछि शीर्ष टोली एसियन बास्केटबल च्याम्पियनसिपका लागि छनोट हुनेछ । च्याम्पियनसिपका लागि सबै तयारी पुरा भइसकेको संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी दिइएका छन् ।
च्याम्पियनसिसपका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हल मर्मत गरिसकिएको अध्यक्ष शेर्पाले बताए । शनिबार सम्म हुने प्रतियोगितामा झन्डै ४६ लाख रुपैयाँ खर्च हुने र त्यसमा १५ लाख संघमा रहेको बचत, मुख्य प्रायोजक सीताराम दुधबाट ११ लाख रुपैयाँ र बाँकी रकम राखेपबाट उपलब्ध हुने संघले अपेक्षा राखेको छ ।
च्याम्पियनसिप मंगलबार सुरु हुने भएपनि उद्घाटन भने बुधबार मात्र हुने बताइएको छ । पहिलो दिन भुटान र बंगलादेश तथा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नेपालले भुटानसँग खेल्दै च्याम्पियनसिपमा सुरुआत गर्नेछ ।

तयारी सन्तोषजनक : प्रशिक्षक महर्जन
नेपाल युवा टोलीका प्रशिक्षक रविन्द्र महर्जनले टोली च्याम्पियनसिपका लागि तयार रहेको बताए । ‘छनोटमा सुरुमा ६५ जना सहभागी थिए । त्यसपछि ५ चरणमा छनोट गर्दै उत्कृष्ट १२ खेलाडी छनोट गरेका हौं’ महर्जनले भने, ‘२ महिना देखि प्रशिक्षणमा छौं । पछिल्लो एक महिना यू १८ सहित अन्य टोलीसँग अभ्यास खेल खेल्यौं । त्यसपनि पनि राम्रै गर्छ भन्ने विश्वास छ ।’
शाक्यले दक्षिण एसियामा भारत पावर हाउसका रुपमा रहेको पनि बताए । ‘भारत नै बलियो हो । त्यो टोलीलाई हामी कडा टक्कर दिने प्रयासमा हुनेछौं ’ उनले भने, ‘बाँकी टोलीलाई हराउने कोशिस हुनेछ । ’
टोलीका कप्तान सन्तोष खत्रीले दिनमा दुई पटक प्रशिक्षण भइरहेको र प्रतियोगितामा उच्च प्रदर्शनको अपेक्षा गरिएको बताए । ‘भारत अलि बलियो अरु समान खालेको भन्ने सुनेका छौं ’ उनले भने, ‘हामी जति सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं ।’टोलीमा रहेका सबै १२ खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । पाँचौं पटक आयोजना हुन लागेको च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हो ।
नेपाली युवा टोली

अनिष बस्नेत, चिरञ्जिवी रोकाया, सन्तोष दाहाल खत्री (कप्तान), सगुन राई, सतिश लामा, अभिषेक सिंह, निखिल डंगोल, विक्रम बानियाँ, सुरेश विके, आशिष भुजेल, सुजन लिम्बु र आकृष्ट शाही
रविन्द्र महर्जन (मुख्य प्रशिक्षक), आशिष केसी (सहायाक प्रशिक्षक), विष्णुहरि त्रिपाठी (व्यवस्थापक)

June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]