8 years ago
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारत र बंगलादेशले तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ छनोट च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन मंगलबार बंगलादेशले भुटानलाई ११७–४३ ले हराएको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई १५२–१७ ले पराजित गरेको थियो ।
बंगलादेशको जितमा टटलकुमार विश्वासले ३१ स्कोर गरे । बंगलादेश खेलको सुरुआतबाटै हावी भएको थियो । अनुभव हिन भुटानविरुद्ध बंगलादेशले पहिलोदेखि चौथो क्वार्टर सम्म क्रमशः ४१–११,२४–७,३३–११ र १८–१४ को अग्रता लिदै सहजै खेल आफ्नो पक्षमा पारेको थियो ।
नेपाल बास्केटबल संघले सञ्चालन गरेको च्याम्पियनसिपको आज भएको दास्रो खेलमा दाबेदार भारतले माल्दिभ्सलाई फराकिलो अन्तरले हरायो । च्याम्प्यिनसिपकै सबैभन्दा अग्ला खेलाडी ६ फिट १० इनचका प्रिन्सिपल सिंह प्रेरित भारत सामू माल्दिभ्स निरिह देखिएको थियो । ६ फिट ६ इन्चका अन्य केही खेलाडीका साथ उत्रेको भारतले पहिलो देखि चौथो क्वार्टरमा क्रमश : २६–७,४१–२,४९–२,३६–६ ले अग्रता लिएको थियो ।
च्याम्पियनसिपको औपचारिक उद्घाटन भने बुधबार मात्र हुने संघले जनाएको छ । बुधबार आयोजक नेपालले भुटानसँग र अर्को खेलमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]