8 years ago
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको युवा टोलीले जितबाट तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ बास्केटबल च्याम्पियनसिपको सुरुआत गरेको छ । च्याम्पियनसिपको दाबेदारका रुपमा हेरिएको भारतले लगातार दोस्रो जित दर्ता गरेको छ ।
तस्बिर :विवेक सुवेदी/हाम्रो खेलकुद

नेपालले आज भुटानलाई ९६–३८ ले हराउँदै च्याम्पियनसिपमा विजयी सुरुआत गरेको हो । नेपालका लागि अभिषेक सिंहले सर्वाधिक २३ स्कोर गरेका थिए । नेपालले पहिलोदेखि चौथो सम्म क्रमशः २६–१०,२३–१४,२६–६ र २१–८ को अग्रता लिदै सहज जित हासिल गरेको थियो ।
त्यसअघि पहिलो खेलमा भारतले बंगलादेशलाई ८३–६४ ले हराएको थियो । पहिलो खेलमा अघिल्लो दिन माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको भारतलाई बंगलादेशले भने कडा टक्कर दिएको थियो । तथापी पहिलो र तेस्रो क्वार्टरमा भने बंगलादेशको प्रदर्शन कमजोर रह्यो ।
खेलमा भारतले पहिलोमा २६–१३ को अग्रता लिएपनि दोस्रो क्वार्टरमा बंगलदेशले १८ र भारतले १६ स्कोर थप्यो । भारतले तेस्रो र चौथो क्वार्टरमा क्रमश : १६ –९ र २५–२४ को अग्रता बनाउँदै नतिजा आफ्नो पक्षमा पर्यो । भारतका प्रियंशुले सर्वाधिक २८ स्कोर गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमाललेका वरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए । नेपालले क्षेत्रिय स्तरमा यस्ता प्रतियोगिता आयोजना हुनु पर्नेमा जोड दिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस्ता क्षेत्रिय स्तरको च्याम्पियनसिपले खेलको स्तर बढ्ने विश्वास व्यक्त गरे । नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा र फिबाका एसिया कार्यकारी निर्देशक हागोप खाजिरियनको पनि उद्घाटनमा उपस्थिति थियो ।च्याम्पियनसिपमा भोली भुटान र माल्दिभ्स तथा आयोजक नेपाल र बंगालदेशबीच प्रतिस्पर्धा हुनेछ ।





June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]